
Apr 10 2025 | २०८१, चैत २८ गते
ललितपुर । नेकपा एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट सुरु हुने भएको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले १६ भदाैबाट प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी सचिव योगेश भट्टराईका अनुसार बैठकले १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको, १९ र २० असोजमा उपत्यका विशेष प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij