
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे सहित ९ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै तनहुँकाे आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij