
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् ।
सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट उनीहरुलाई बुधबार (हिजो) साँझ ९ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरुले विगतदेखि नै विभिन्न ठाउँमा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएका थिए । बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij