Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रवक्ताको जिम्मेवारीमा अग्निप्रसाद सापकोटा

प्रवक्ताको जिम्मेवारीमा अग्निप्रसाद सापकोटा

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सम्हाल्ने भएका छन् । राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकसँगै पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगेका सापकोटाले आजबाट जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

    images
    images
    images

    माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी सम्हालेसँगै मुलुकको पछिल्लो राजनीतिक अवस्थासहितका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने जनाइएको छ ।

    त्यसका लागि सापकोटाले पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे  पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा अर्का उपाध्यक्ष कृष्णबहादुर महरा रहेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij