Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

निष्कर्षविहीन, तीन दलका शीर्ष नेताहरूको बैठक

निष्कर्षविहीन, तीन दलका शीर्ष नेताहरूको बैठक

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको मंगलबारको छलफल पनि निष्कर्षविहीन बनेको छ । सत्तापक्षले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने प्रमुख प्रतिपक्ष एमालेको माग नमानेपछि बैठक निष्कर्षविहीन भएको हो ।

    images
    images
    images

    आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री दाहालले अस्वीकार गरेको बताए ।

    प्रहरी र राज्यका सम्बन्धित निकायले क्विन्टल सुन तस्करीको छानबिन गरिरहेको र उनीहरूलाई विश्वास गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ रहेको छ । तर एमालेले भने उक्त छानबिनलाई प्रभावित नपर्ने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij