
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौँ । कलाकार हरिस निरौला (कक्रोज) राइडिङ सेयर एप सवारीको ब्रान्ड एम्बेसडर बनेका छन् । सवारीले एक कार्यक्रम आयोजना गर्दै उनलाई एम्बेसडर बनाएको हो ।
नेपाली युवाहरू मिलेर बनाएको एपले देशका विभिन्न सहरमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिनेछ । मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलै अनलाइन यसको सेवा लिन सकिनेछ ।
हरिसले कार्यक्रममा बोल्दै नेपाली युवाहरूले निर्माण गरेको यो एपलाई प्रयोग गर्न अनुरोध गरेका छन् । उनले आफू सवारीको प्रचार प्रसारको लागि सधैं जिम्मेवार रहने बताए । यो एपको सुरूवात प्रसिद्ध नेपाल र खगेन्द्र नेपालले मिलेर गरेका हुन् ।
कार्यक्रममा बोल्दै आफूहरूले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरूस्त, सर्वसुलभ रूपमा सेवा प्रदान गर्ने सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले बताए ।कार्यक्रममा हरिससँगै निर शाह, रवि गिरी, दीपक आचार्य (काकु) लगायत कलाकारको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij