
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । घोराही उपमहानगरपालिका–१५ स्थित खुल्ला खेल मैदान नजिक मानिस नबस्ने टहराबाट पेस्तोलमा लाग्ने १० राउण्ड गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
कालो टेपले बेरी राखेको अवस्थामा वस्तु फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उक्त गोली फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij