Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • काठमाडौँ । पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार बिहान ९ बजेदेखि पूरै अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जनाएको छ ।

    images
    images
    images

    बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । पहिरोका कारण अहिले सयौँ गन्तव्यतिर हिँडेका सवारीसाधन सडकमै रोकिएको अवस्थामा छन् । यसअघि शनिबार पनि त्यही ठाँउमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड यो वर्षामा मात्रै दर्जनौँ पटक अवरुद्ध भइसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij