Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सुन तस्करी प्रकरणमा विदेशी पक्राउ

सुन तस्करी प्रकरणमा विदेशी पक्राउ

  • काठमाडौँ । सुन तस्करी प्रकरणमा थप एक जना विदेशी नागरिक पक्राउ परेका छन् । काठमाडौंको ठमेलबाट चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजस्व अनुसन्धान विभागले  पक्राउ गरेको हो ।

    images
    images
    images

    विभागले चलाइरहेको एक साताभन्दा लामो समयदेखि अपरेशनका क्रममा उनलाई पक्राउ गरिएको जनाएको छ । दावा तस्करीमा संलग्न भएको प्रमाण फेला परेकाले नियन्त्रणमा लिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जनाएका छन् । 

    नेपाली नागरिकता र राहदानी समेत भएका छिरिङलाई ठमेलस्थित होटल भियनाबाट पक्राउ गरिएको हो । उनले काभ्रेबाट नेपाली नागरिकता लिएका हुन् । अहिलेसम्म यो प्रकरणमा १८ व्यक्ति पक्राउ परिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij