Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

धनगढीको पसलमा आगलागी, ६० लाखकाे क्षति

धनगढीको पसलमा आगलागी, ६० लाखकाे क्षति

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार राति आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-८ को अनामनगरस्थित जीएस आटो पार्टसमा राति करिब तीन बजेको समयमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    आगलागीबाट पसलभित्र रहेको ६० लाख बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जनाएका छन् । 

    विद्युतको तार सर्ट भएर लागेको आगो राति नै प्रहरी र स्थानीयले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएको उनले जनाए । कैलारी गाउँपालिका-४ का सुरज चौधरीले  उक्त अटो पार्टस सञ्चालन गर्दै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij