
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिकामा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना भएको हो ।
दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटनामा परेको। दुर्घटनामा ज्यान गुमाउनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij