Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै

राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। उक्त रकम राष्ट्र बैंकले आउँदो साउन १६ गतेदेखि २०८१ साउन १६ गतेसम्म १ वर्षको लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।

    onlinepatrika
    Arghakhachi

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ६ करोड १५ लाख रुपैयाँ र फाइनान्समा २ करोड ५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ।

    AGNI GROUP

    मुद्दति निक्षेपका रुपमा राख्न चाहने बैंक तथा बित्तिय संस्थाले साउन ११ गते ७ बजेसम्म आफूलाई चाहिएको रकम र उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खोली इमेलमार्फत प्रस्ताव पेस गर्न आह्वान गरेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरुको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्नेछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij