
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा नक्कली मोही खडा गरिएका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सकुलानन्द महर्जन र सञ्जय महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बताएको हो । उनीहरूलाई सोमबार पक्राउ गरी महाराजगञ्ज पठाइएको छ ।
प्रहरीका अनुसार, उनीहरू ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा नक्कली मोही बनाइएका थिए । यस प्रकरणमा आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए ।
हाल यसमा संलग्न १९ जना प्रहरी हिरासतमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij