Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी

  • काठमाडौं । दाङमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगलमा भटाएको च्याउ पकाएर खाँदा बंगलाचुली गाउँपालिका-१ स्युजाका ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली बिरामी परेका हुन् ।

    images
    images
    images

    खाना खाएसङ्गै पेट दुख्न थालेपछि दुबैलाई प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा लगिएको थियो । पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको बंगलाचुली गाउँपालिका-१ वडाध्यक्षका विष्णु कुवँरले जानकारी दिए ।

    बिरामी दुवैको प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडाध्यक्षका कुवँरले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij