
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा पछिल्लो दुई महीनायता भएको हिंसामा परी १४२ जनाको मृत्यु भएको छ । मणिपुरका मुख्यसचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा १४२ जनाको ज्यान गएको उल्लेख छ ।
गत मेदेखि मणिपुरमा आगजनीका पाँच हजार घटना भएको तथा इम्फाल पूर्व र इम्फाल पश्चिमका जिल्लामा सबैभन्दा धेरैले ज्यान गुमाएको उल्लेख छ । राज्यमा शान्ति सुव्यवस्था कायम गर्न तथा स्थितिलाई नियन्त्रणमा राख्न पाँच हजार ९९५ फर्स्ट इन्फर्मेशन रिपोर्ट (एफआईआर) दायर गरिएको र ६ हजार ७४५ जनालाई हिरासतमा लिइएको मुख्यसचिवले प्रतिवेदनमा उल्लेख गरेका छन्।
स्थानीय सरकारले पनि राज्यमा शान्ति कायम गर्न अर्धसैनिक बलको १२४ कम्पनी र भारतीय सेनाको १२४ टोली परिचालन गरिएको जनाइएको छ । गैरआदिवासी मैतेयी समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गर्ने निर्णयको विरोधमा मणिपुरमा हिंसा भड्किएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij