
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । वर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतपनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् ।
तत्कालिन माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत रहेका राउतले सो जग्गा प्रकरणको फाइल मन्त्रिपरिषद्मा लग्न टिप्पणी उठाएको हुँदा उनीपनि सो प्रकरणमा मुछिएका हुन् ।
तत्कालिन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छादार रहँदा सो मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिृकत रहेका राउतले ललिता निवासको जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्ने सम्बन्धी टिप्पणी उठाएका थिए । उनले टिप्पणी उठाएको फाइल सो मन्त्रालयका सचिवहुँदै मन्त्रिपरिषद्मा पुगेर सदर भएको थियो ।
टिप्पणी उठाउनका लागि सोही मन्त्रालयका सचिवलाई जिम्मेवारी दिइएपनि सचिवले सो फाइलमा हात हाल्न नखोजेपछि राउतले टिप्पणी उठाएका थिए । सो सम्बन्धनमा राउतले आदेशअनुसार आफूले टिप्पणी उठाएको तर निर्णय नगरेको हुँदा निर्दोष रहेको प्रतिक्रिया दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij