
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।सर्वोच्चका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा यसबारे सुनुवाइ भएको हो ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेपछि मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सुनुवाइ सकिएपनि आदेश भने आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij