Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

साहित्यकार खरेलको निधन

साहित्यकार खरेलको निधन

  • काठमाडौं । अमेरिका घुम्न गएका झापाका साहित्यकार विजय खरेलको सोमबार बिहान ३ बजे निधन भएको छ । अमेरिकाको टेक्ससमा बस्ने कान्छा छोरा प्रयास र बुहारीको बोलावटपछि गत जेठ १७ मा श्रीमती पार्वतीसहित खरेल अमेरिका उडेका थिए । 

    images
    images
    images

    अमेरिका पुगेको केही दिनपछि पिसाबमा संक्रमण भई कडा ज्वरो आएको र शरीरभरि संक्रमण फैलिएपछि चार दिनयता उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । पारिवारिक सदस्य तथा आख्यानकार पुण्यप्रसाद खरेलले भने,‘पिसाबको संक्रमण शरीरभर फैलिएर मुटु, फोक्सो, कलेजमा असर पुगेको र त्यही निहुँमा उहाँको निधन भयो ।’

    २००३ सालमा काँकडभिट्टामा जन्मिएका खरेल २०६० को दशकदेखि साहित्य लेखनमा सक्रिय थिए । उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका १५ वढी कृति प्रकाशित छन् । यो वर्ष मात्रै उनका तीन कृति प्रकाशित भएका थिए । जसमा ‘झर्रा शब्दहरुको संग्रह’ नामक कृति प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij