Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सिरहामा सुरक्षा गार्डको हत्या

सिरहामा सुरक्षा गार्डको हत्या

  • काठमाडौं । सिरहामा एक जना सुरक्षा गार्डको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय साना सहरी खानेपानी तथा सरसफाई कार्यालयका सुरक्षा गार्ड किशोरी राय घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।

    images
    images
    images

    मिर्चैयास्थित खानेपानी कार्यालयमा कार्यरत स्थानीय किशोरी रायको हत्या भएको प्रहरीले जनाएको छ । उनी आठ महिना अघिदेखि उक्त संस्थामा कार्यरत थिए । उनलाई गएको राति अन्य व्यक्तिले धारिलो हतियार प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij