
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । अनियमितताको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्ग (गर्भगृह) मा रहेको सुनको जलहरी निकालेर छानबिन गरिरहेको छ ।
जलहरीको छानबिन गर्न भोलिसम्मको समय लाग्ने अख्तियार स्रोतले जनाएको छ । छानबिन सकिएपछि जलहरी मंगलबार पुनर्स्थापना गरिने बताइएको छ ।
आइतबार राति जलहरी जोखिएको छ । अहिले त्यसमा रहेको चाँदी र तामाको मात्रा यकिन गरेर सुनको परिमाण निकाल्ने काम भइरहेको छ । जलहरी अहिले नेपाली सेनाको सुरक्षामा राखिएको छ । जलहरी जोख्दा समग्रमा १०७.४६८७ किलोग्रामको पाइएको बताइएको छ ।
नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा केही बढि पाइएको अख्तियार स्रोतले जनाएको छ। तर त्यसमा कति चाँदी र तामाको मात्रा छ भन्ने एकिन गर्न बाँकी छ । सबै छुट्याएपछि मात्रै अनियमितता भए नभएको स्पष्ट हुनेछ ।
जलहरी २०७७ फागुन १२ गते राखिएको थियो । जलहरी बनाउन राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरिएको थियो । तर, अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij