
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । झापाको हल्दिबारीमा विषालु सर्पको डसाइबाट एक युवकको मृत्यु भएको छ । हल्दिवारी गाउँपालिका- २ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए । सोही क्रममा सर्पले उनको दुवै हातमा डसेका थिए । सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको डीएसपी रिजालले बताए ।
अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको होु डीएसपी रिजालले भने । शवको कानुनी प्रक्रिया पूरा गरेर प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij