Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन्द्र र हर्कको प्रेमको गाँठो

बालेन्द्र र हर्कको प्रेमको गाँठो

  • काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले आइतबार फेसबुकमा एक स्टाटस लेखे । आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको उनको गुनासो थियो ।

    onlinepatrika
    Arghakhachi

    उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’

    AGNI GROUP

    उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुःख दिए भन्ने साम्पाङको सोही स्टाटसमा ढाडस दिँदै काठमाडौंका मेयर बालेन शाहले दुःखमा आफू साथमा रहेको बताएका छन् ।

    उनले कमेन्टमा भनेका छन्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’

    उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ ।

    उनको यो कमेन्टमा मात्रै ५१ हजार बढीले रियाक्सन गरेका छन् । निर्वाचनपछि सुरुसुरुमा यी दुई मेयरको कुरा नमिलेपनि अहिले भने हरेक मुद्दामा एकै स्वर देखिएको छ ।
    पछिल्लो समय बालेनले ग्रेटर नेपालको नक्सा राख्नेदेखि हिन्दी फिल्म बन्द गर्ने निर्णयमा साम्पाङ उनको साथमा देखिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij