
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको दरबन्दी थप गर्ने भएको छ । ३ सय ३४ जना दरबन्दी भएको नगर प्रहरी बलमा संख्या थप गर्दै ५ सय जना पुर्याउन लागिएको हो ।
आर्थिक वर्ष ०८०र८१ को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले नगर प्रहरीको दरबन्दी संख्या ५ सय पुर्याउने बताइन् । महानगरपालिकाको नगर प्रहरी बलमा स्वीकृत ३ सय ३४ जनाको दरबन्दीमध्ये १ सय ६२ जना नगर प्रहरी जवान रिक्त भएपछि करारमार्फत निजी कम्पनीमार्फत खटाइएको छ ।
दरबन्दी थप गर्ने तयारी भएपछि महानगर नगर प्रहरी सेवामा प्रवेश गर्ने पहिलो खुड्किलो जवान पद भए पनि कानुनी अड्चनका कारण महानगरले सिधै भर्ना गर्न सक्दैन । नगर प्रहरी जवान महानगरमा दोस्रो तहको कर्मचारीभित्र पर्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij