
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन् । सर्वसाधरणमाथि अपमान व्यवहार गरेको भन्दै उनीहरुमाथि कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरप्रमुख बालेन शाहका प्रेस संयोजक सुरेन्द्र बजगाईंले कारबाही गरिएका प्रहरी कर्मचारीको नाम गोप्य राखिएको बताए । ‘उनीहरुको नाम सार्वजनिक गर्न मिल्दैन । कारबाहीस्वरुप उनीहरुको जिम्मेवारी हेरफेर गर्ने ।'
एक ठाउँबाट अर्को ठाउँमा डिउटी सार्ने र डिउटी अवधी थप्ने जस्ता कारबाही गरिएको छ,’ बजगाईंले भने । नगर प्रहरीहरुले सर्वसाधारणका घरघरमा गएर सामान खोस्ने, फलफूल तरकारीका क्रेटमा बुट बजार्ने, व्यापारीलाई अपराधीजस्तै व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij