
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सेयर बजार आज दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १४ दशमलव शून्य ५ अंकले घटेर २ हजार ५० दशमलव ७८ विन्दूमा आइपुगेको छ ।
आज कारोबार भएका २७१ वटा धितोपत्रको कूल ८६ लाख ५१ हजार १६४ कित्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको हो । धितोपत्रमध्ये ४५ वटाको सेयर बढ्दा १७९ वटाको घटेको छ ।
त्यस्तै सिटी होटलको सेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा सबैभन्दा बढि शिवम् सिमेन्टको भएको छ । नेप्सेको अनुसार उक्त कम्पनीको २३ करोड ६ लाख ४१ हजार बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij