Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो ।

    images
    images
    images

    भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकाेमा  ओलीलाई चाैधरीले धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चाैधरीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए । 

    यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलगायतसँग पनि उनले भेटघाट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij