Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक

समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक

  • काठमाडौँ । समाजवादी मोर्चा गठनका लागि  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

    images
    images
    images

    आगामी समाजवादी मोर्चा  घोषणाका विषयमा  छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भइरहेको छ । 

    समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताएको छ । सोमबार वा मङ्गलवार समाजवादी मोर्चा घोषणा गर्न लागिएको बताइएको छ । 

    समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij