
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । कञ्चनपुरबाट लागूऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ रहेका छन् ।
उनीहरु सोही नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक परेका हुन् । चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र मोबाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यस विषयमाथप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij