
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पाल्पा लैजाँदै गरिएको एक ट्रक अवैध मल बरामद भएको छ । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी कालिगण्डकी करिडोर खण्डमा प्रहरीले अवैध मल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार नवलपरासीबाट पाल्पातर्फ लैजाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकबाट ३७२ बोरा अवैध मल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी वीरेन्द्र थापाका अनुसार २ लाख ९७ हजार ६ सय मूल्य बराबरको मल बरामद गरिएको बताए ।
अवैध मलसहित चालकलाई समेत नियन्त्रणमा लिएका छ । बरामद मल र चालकबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij