काठमाडौं । जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बस्दैछ । आज बिहान साढे ११ बजे बैठक बस्नेछ ।
आर्थिक वर्ष २०८०(८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सोही बारेमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगको कार्यालय खारेजीलाई तत्काल सच्याउन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सदनमा नेपाल सरकारसँग आग्रह गरेका थिए ।