
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । मधेश प्रदेशसभाको आजको बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वहिष्कार गर्ने भएको छ । माओवादीले सरकारलाई समर्थन गरिरहेको दलले दिएका सुझावलाई नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै आज बस्ने बैठक वहिष्कार गर्न लागेको हो ।
जनता समाजवादी पार्टी नेपालका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका एक मन्त्री र एक राज्यमन्त्री सहभागि छन् ।
माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार गर्दा बेवास्ता गरिएको भन्दै दुई साता अघि नै आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो तर अझैपनि माओवादी सरकारमै रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij