Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

भक्तपुरमा चोरहरुको बिगबिगी

भक्तपुरमा चोरहरुको बिगबिगी

  •  भक्तपुर । मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार कुटु टोल डेरा गरी बस्ने झापा दमक नगरपालिका–३ घर भएकी बबिता भट्टराईको डेरा कोठाबाट नगद १६ हजार र सुनको विभिन्न गहना गरी करिब ७ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

    images
    images
    images

    यसैगरी भक्तपुर,चाँगुनारायण नगरपालिका-५ छालिङ भिमसेन टोल बस्ने निर्मला वनको घरबाट ढोकाको ताला फुटाई नगद ३१ हजार र सुनको विभिन्न गहना गरी करिब १० लाख ९६ हजार ६ सय २५ रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij