
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ । आज दिउँसो दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चौधरीको निधन भएको हो ।
हर्नियाबाट पीडित उनी काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका थिए । स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।
चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए । वि.सं २०२८ सालमा उनले दाङबाट थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’ निकालेका थिए ।
‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, स्थविरहरुको प्राचीन इतिहास र संस्कृति, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक उनले लेखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij