
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार छाड्ने भएको छ । सरकार छाड्ने निर्णय गर्नका लागि आज संसदीय दलको बैठक र पार्टी प्रदेश कमिटीको बैठक बस्दैछ ।
बैठकपछि सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिनेछन् । माओवादीले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा पर्नेछन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबाट आएलगत्तै तत्काल सरकार छाड्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि सरकार छाड्ने निर्णयमा माओवादी केन्द्र पुगेको हो ।
प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij