
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक महत्त्वको विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा जानकारी दिने कार्यसूची छ ।
बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयबारे प्रधानमन्त्रीले जवाफ दिनेछन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेसहित विपक्षी दलहरुले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए ।
एमालेसहित विपक्षी दलको अवरोधका कारण आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित भएको थियो ।
सोमबार बिहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij