Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दार्चुलामा घाइते भेटिएका पुरुषको मृत्यु, हत्याको आशंका

दार्चुलामा घाइते भेटिएका पुरुषको मृत्यु, हत्याको आशंका

  • काठमाडौं । दार्चुलाको खलंगा बसपार्कनजिक बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । महाकाली नगरपालिका-४ स्थित बसपार्कनजिक बेहोस अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्युु भएको हो ।

    images
    images
    images

    चोटपटक लागेर गम्भीर अवस्थामा फेला परेका ती पुरुषलाई उद्धार गरेर प्रहरीको टोलीले जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो । बेवारिसे अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी जगत गहामगरले जानकारी दिए ।

    उनको परिचय खुल्न सकेको छैन । उनको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ ।  कसैले कुटपिट गरेर फालेको हुन सक्ने प्रहरीको अनुमान  छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij