Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उपत्यका बाट बाहिर जाने बसहरु बसपार्क बाट मात्र छुट्ने 

उपत्यका बाट बाहिर जाने बसहरु बसपार्क बाट मात्र छुट्ने 

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका तीन जिल्लाबाहेक अन्य जिल्लामा चल्ने यात्रुवाहक सवारीसाधन गोगंबुको नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । जथाभावी बस रोक्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि महानगरपालिकाले लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक यातायात नयाँ बसपार्कबाटै छुट्नुपर्ने पूराना नियमलाई कडाइका साथ लागू गर्न लागेको हो । 

    images
    images
    images

    महानगरपालिकाले आज सूचना जारी गर्दै अनधिकृत स्थानमा पार्किङ्ग गर्ने, सडक छेउ टिकट बुकिङ्ग काउन्टर राख्ने र सडकखण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको जनाएको छ । त्यसलाई मध्यनजर गर्दै महानगरपालिकाले बसपार्कबाहिर रहेका सबै टिकट काउण्टर हटाउने निर्णय गरेको छ ।

    आगामी असार १ गतेदेखि बसपार्कबाहिर रहेका टिकट काउण्टर सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ । त्यस्तै, धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनहरुलाई कंलकीदेखि जडीबुटीसम्म रोक्न निषेध गरिएको छ । महानगरपालिकाले सूचनाको बर्खिलाप गर्नेलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कारबाही गर्ने चेतावनी दिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij