Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

नबिल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा 

नबिल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा 

  • काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ३८ नया शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ बर्ष पुरा गरेको बैंकले बिहीवार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । 

    images
    images
    images

    नबिल बैंक अब तपाईसँग अझै नजिक नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रवाहका लागि सात प्रदेशमा उक्त संख्यामा नयाँ शाखा सञ्चालन गरिएको बैंकले बताएको छ । ३८ नयाँ शाखामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १३ ओटा सञ्चालनमा ल्याइएको छ ।

    त्यस्तै एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा दुई नयाँ शाखा उद्घाटन गरेका हो । नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले आठओटा शाखा उद्घाटन गरेको बताइएको छ ।

    त्यसैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले आठओटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ ओटा शाखाको उद्घाटन गरेका हुन् । 

    डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, बैंकका उच्चपदस्थ अधिकारीहरु र बैंकका कर्मचारीहरुको उपस्थिति थियो । ३८ नयाँ शाखा सञ्चालन आएसँगै बैंकका कुल शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकका नयाँ शाखाले ग्राहकलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij