Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सर्विया र फ्रान्समा आकर्षक तलबसहितको रोजगारी लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम संकलन गरी फरार रहेको आरोपमा निरोज बुढाथाकी र सुरेशकुमार पाख्रिनलाई प्रहरीले पक्राउ गरेको ।
हरिवन नगरपालिका, सर्लाही स्थायी घर भई हाल काठमाडौं तीनकुने बस्ने २७ वर्षीया बुढाथाकीले प्रमोद सिटौलासमेत चार जनालाई सर्बिया जान प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने र कृषिसम्बन्धी काम लगाइदिने भन्दै पटक पटक गरी १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बैतेश्वर नगरपालिका, दोलखा स्थायी घर भइ हाल भक्तपुर सल्लाघारी बस्ने ५० वर्षीय पाख्रिनले फूर्पा शेर्पासमेत चार जनालाई रोजगारीका लनगि फ्रान्स जान प्रतिव्यक्ति १७ लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी ४० लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जनाएका छ । मासिक एक लाखभन्दा बढी तलब हुने भन्दै विश्वास दिलाई रोजगारीको प्रलोभनमा पारी रकम संकलन गरी सम्पर्कविहीन अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।
पाख्रिनलाई ललितपुर पुल्चोकबाट पक्राउ गरिएको हो । उनीहरु दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । पीडितबाट पटकपटक गरी रकम लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा वैदेशिम रोजगार विभागले काठमाडौं पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभामा बुझाइएको प्रहरी उपरिक्षक मिलन केसीले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij