
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।
बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न पेसी तोकिएको हो । कैलाली जिल्ला अदालत, दिपायल उच्च अदालतले टिकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशमविरुद्ध जन्मकैदको फैसलागरेको थियो ।
सो फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते सदर गरेको थियो । तर, गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका हुन् । यही जेठ १५ गते रेशम डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij