
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित छन् ।
त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने/नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको निकट स्रोतले बतायो ।
हरेकपटक तारेख बुझ्न २१ दिनभित्र अदालतमा आफैं उपस्थित हुनुपर्ने भएकाले सन्दीपलाई विदेश यात्रामा कठिनाइ भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij