
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जारी गरेको विज्ञप्तिअनुसार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेशसभाको अधिवेशन जेठ १२ गते शुक्रबार दिनको १ बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको छ।
गत बैशाख २९ मा लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij