Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

आजदेखि काठमाडौंमा  सम्पदा बस सेवा सुरु हुँदै

आजदेखि काठमाडौंमा  सम्पदा बस सेवा सुरु हुँदै

  • काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो।

    images
    images
    images

    नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुईबटा बिद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए। उनका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूसम्म सम्पदा घुम्ती बस सेवाका रूपमा मंगलबारबाट ‘हफ अन हफ अफ बस’ सञ्चालन हुनेछन्।

    images

    आज ललितपुर महानगरपालिकाबाट औपचारिक रुपमा सुरु गरिने  ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ। तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij