
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन ।
आइतबार लामिछानेका वकिल सरोज घिमिरेले वहस गर्ने पालो छ । पछिल्लो पटक गत १९ वैशाख गते भएको सुनुवाइमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बहस गरेपछि मुद्दालाई हेर्दाहेर्दैमा राख्नु पर्नेमा न्यायाधीशले हेर्न नभ्याईनेमा राखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij