Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ

  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

    images
    images
    images

    उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका हुन् । गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

    पक्राउ परेका गुरुङलाई काठमाडौं अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    उनीविरुद्ध प्रहरी परिसर काठमाडौंमा फरक-फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij