
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल जारी छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री प्रचण्डले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् ।प्रधानमन्त्री र सभामुखको छलफल लम्बिएका कारण प्रतिनिधिसभाको बैठक ११ः४५ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरुले सोधेको प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij