Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गैंडाको खागसहितबाट ललितपुबाटर ३ जना पक्राउ

गैंडाको खागसहितबाट ललितपुबाटर ३ जना पक्राउ

  • ललितपुर । ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग(ओखेटोपहार)सहित ३ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    चितवन राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij