Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जापानमा बस दुर्घटनाः दुई जना नेपालीको मृत्यु

जापानमा बस दुर्घटनाः दुई जना नेपालीको मृत्यु

  • जापानको सेन्दाईमा बस दुर्घटना हुँदा दुई जना नेपाली र एक जना जापानीसहित तीन जनाको मृत्यु भएको छ ।  मंगलबार साँझ भएको दुर्घटनामा परी नेपाली विद्यार्थीहरु काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको जापानी सञ्चार माध्यमहरुले जनाएका हुन् ।

    images
    images
    images

    दूर्घटनामा एक जापानी महिलाको पनि मृत्यु भएको बताइएको छ । सेन्दाईबाट इवातेका गईरहेको बसमा समस्या देखिएपछि एक्सप्रेस वेमा चेकजाँचका लागि रोकिएको बेला ट्रकले पछाडिबाट ठक्कर दिँदा बस दुर्घटना भएको हो ।

    चालक दलसहित ४० जना रहेको बस ट्रकको ठक्करबाट सय मिटर पर उछिट्टिएको पनि जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरु मध्ये अधिकांश नेपाली र बंगाली विद्यार्थीहरु रहेको बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij