
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न मंगलबार बिहान सभामुख घिमिरे बालुवाटार गएका थिए ।
भेटमा जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री प्रचण्डले सभामुखलाई जानकारी गराएका थिए । जेठ ५ नीति तथा कार्यक्रम ल्याउन सभामुखले आफूहरू तयारी अवस्थामै रहेको जवाफ दिएका थिए ।
संसद्मा विचाराधिन विधेयक,बजेट र नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आजबाट संसदीय समितिहरूको बैठक सुरू भएकाले संसदले लय समातेको भन्दै संसदमा विचाराधिन विधेयकहरू टुंगो लगाउन सहज हुने बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij