Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गजुरा नगरपालिका-२ घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका-१ बस्ने ३२ वर्षीय उत्तरमान गोले रहेका छन् । 

    images
    images
    images

    २०७९ मंसिर १३ गते उच्च अदालत पाटन ललितपुरले बैंकिङ कसूर मुद्दामा गोलेलाई ४ लाख ६० हजार रूपैयाँ जरिवाना र २ दिन कैद सजाय ठहर गरेको थियो ।

    सो फैसलापछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij